सशस्त्र प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अर्याल नियुक्त

सशस्त्र प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अर्याल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल नियुक्त भएका छन् ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

अर्याल यसअघि प्रदेश २ स्थित सशस्त्र प्रहरी बाहिनीमा कार्यरत थिए । यसअघि प्रवक्ता रहेका प्रवीणकुमार श्रेष्ठको उपत्यका बाहिनीमा सरुवा भएका थिए ।

प्रवक्ता अर्याललाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्रले जनाएको छ ।