काठमाण्डु – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास (राखेप)का ९ जना बोर्ड सदस्यसँग स्पष्टीकरण माग गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय गर्दै राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टीकरण माग गरेका हुन् ।
स्रोतका अनुसार मन्त्री गहतराजले खेलकुद संघबाट मनोनित भएका रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी, इन्दिरा निरौला, रिम रानाभाट, गोपाल खनाल, गोविन्द भट्टराईसँग स्पष्टिकरण माग गरेका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरिएका सदस्यसँग बोर्ड बैठक राख्न सदस्यले भूमिका नखेलेको भन्दै मन्त्री गहतराजले स्पष्टिकरण सोधिएको स्रोतले बतायो ।
प्रतिक्रिया