काठमाण्डु – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ८ जना बोर्ड सदस्यले शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त सदस्यहरूलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शपथ ग्रहण गराएका छन् ।
शपथ ग्रहण गर्ने सदस्यहरूमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन् ।
खेलकुद मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सबै सदस्यहरूलाई बधाई दिँदै ४ वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह गरेका छन् ।
पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राखेपका ८ जना सदस्यलाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया