वीरगञ्ज – निर्वतमान राष्ट्रिपति डा रामवरण यादवले सूचना प्रविधिको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुने धारणा व्यक्त गरेका छन् । उनले सूचना प्रविधिमा विकास गरेका मुलुकनै समृद्ध भएकाले विद्यलायस्तरबाट सूचना प्रविधिबारे छात्रछात्रालाई ज्ञान दिनुपर्ने विचार व्यक्त गरेका हुन् ।
वीरगञ्जमा आजदेखि शुरु भएको क्यान इन्फोटेक मेला २०७६ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा यादवले शिक्षा, स्वास्थ्य, व्यापारदेखि रोजगारका क्षेत्रमा सूचना तथा विज्ञानलाई समावेश हुनेगरी नीति निर्माण हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले सूचना तथा विज्ञानको सवल तथा दुर्वल पक्षको समेत जानकारी दिँदै नेपाली समाजलाई प्रविधिमैत्री बनाउनुको विकल्प नरहेको विचार व्यक्त गरे ।
क्यान नेपाल पर्सा जिल्ला अध्यक्ष दीपक साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरलगायतका वक्ताले विद्यालयस्तरमा सूचना प्रविधिलाई पाठ्यक्रममा समावेश गर्न जरुरी भएको धारणा व्यक्त गर्नुभएको थियो ।
सूचना प्रविधिको सदुपयोग तथा दुरुपयागेबारे युवा पुस्तालाई जानकारी नदिए यसले गलत बाटो पहिल्याउने खतरा भएकाले सरकारले यसबारे गम्भीर भएर सोच्ने बेला आएको उनीहरुको भनाइ थियो । आजदेखि शुरु भएको प्रदेशस्तरीय प्रविधि तथा विज्ञान मेला माघ १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया