काठमाण्डु-उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र विवाद संसदमा प्रवेश पाएको छ ।
प्रतिनिधि सभा बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामगरको पत्रबारे छानबिन हुनुपर्ने बताए ।
उनले यसअघि एकजना मन्त्रीले अमेरिका पठाउन भिसाका लागि लेखेको पत्रकै भरमा राजीनामा दिनुपरेको भन्दै उपसभामुखको सो पत्रबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने बताए ।
‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाको भिसाको अन्तर्वार्ता लागि उपसभामुखलाई प्रयोग गरिएको छ,’ सांसद खतिवडाले भने, ‘यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउन्न ?’ उनले यस विषयमा छानबिन हुनुपर्ने पनि माग गरे ।
‘कसले के कुन प्रयोजनका लागि प्रयोग भयो ? यो जनताले थाहा पाउनुपर्छ । प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनुभन्दा संसदबाट बाहिर बसेर छानबिन गर्न दिनुस्,’ उनले भने ।
यस्तै सांसद खतिवडाले भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय हुन नसक्ने बताए ।
प्रतिक्रिया