१५ दिनभित्र वाम गठबन्धनको नयाँ सरकार : राम कार्की

१५ दिनभित्र वाम गठबन्धनको नयाँ सरकार : राम कार्की


काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन्।

 

 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता कार्कीले सरकार निर्माणको गृहकार्यमा जुटिसकिएको र ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्ने बताएका हुन्।

 

 

पूर्वमन्त्री समेत रहेका कार्कीले सरकार निर्माण गर्दा मुलुकमा यो माईलस्टोन सावित होस् भन्ने आफूहरुको चाहना रहेकोले सोही अनुसार अहिले गृहकार्य भैरहेको विश्वास दिलाए।

 

 

‘विगतमा भएका कमीकमजोरीहरु सच्याउँदै हामी अब समाजवादको आधारलाई ध्यानमा राखेर काम गर्न केन्द्रित हुन्छौं, पार्टी एकताको मापदण्ड पनि समाजवादलाई परिभाषित गर्दै अघि बढने नै हो, जनतालाई शोषणबाट मुक्त गर्नु नै समाजवाद हो,’ उनले भने।

 

 

उनले अब नेपालमा एमाले र माओवादी पार्टी भन्ने नै नरहेको जिकिर गरे। ,‘माओवादी र एमाले भन्ने कुरा अब रहेन, औपचारिक रुपमै जनताले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको एकता अभियानलाई छाप लगाईसक्नुभएको छ,’ कार्कीले भने।