रामबहादुर बम्जनले पाए सफाइ

रामबहादुर बम्जनले पाए सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाल यौन दुरुपयोगको आरोपलागेका आफूलाई लिटिलबुद्ध बताउने रामबहादुर बम्जनले सफाइ पाएका छन् ।

उच्च अदालत जनकपुरले जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै बम्जनलाई सफाइ दिएको हो ।

बिहीबार न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

०८१ असारमा सर्लाही जिल्ला अदालतमा न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो । उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो ।

प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए । उनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।