शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : प्रथम राष्ट्रपति यादव

शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : प्रथम राष्ट्रपति यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा भएको बताएका छन् ।

सोमबार काठमाण्डुमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले देशको अर्थतन्त्र धरासायी भएको भन्दै यसको ठूलो कारण शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु भएको बताए ।

उनले भने, ‘देशको अर्थतन्त्र र कृषि धरासाही भएको छ । यसलाई अहिलेको परिवर्तनले हेर्नुपर्ने अवस्था आएको छ । उद्योग धरासायी भएको छ । अर्को कुरा सबैभन्दा ठूलो गल्ती शिक्षा र स्वास्थ्यको बारेमा भएको छ । शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेर जुन गर्‍यौं, त्यो सबैभन्दा खतरनाक कुरा हो ।’

उनले निम्न वर्गीय समूहको मान्छेले निजी विद्यालय र अस्पताल जान सक्ने अवस्था नभएको भन्दै शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनुपर्ने बताए । उनले भने, ‘निम्न वर्गीय समूहको बालबच्चाहरू सामुदायिक विद्यालयमा जान्छ । त्यहाँ राम्रो हुँदैन, निजीमा पढाउन सक्दैनन्, अस्पतालको कुरामा देशभरमा अस्पताल छ । तर सरकारीको अवस्था राम्रो छैन, निजीमा जान सक्ने अवस्था छैन, त्यसकारण शिक्षा स्वास्थ्य र कृषिको ध्यान दिएर पर्यावरणमैत्री विकास गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरूमाथि भएको बर्बरता निन्दनीय मात्रै नभई घृणित पनि भएको भन्दै यो नेपाली कांग्रेस जस्तो पार्टीले सहन नसक्ने बताएका छन् ।

सरकार बाहिर भएका साथीहरूले सरकारले गरेका गलत र कमी–कमजोरीहरूलाई औंला उठाएर भन्ने आँट राख्नुपर्ने उनले बताए ।