काठमाण्डु – नेकपा एमालेका सांसद रामविर मानन्धरले प्रतिनिधिसभाको शून्य समयमा नबोल्ने घोषणा गरेका छन् ।
शुक्रबार संसदको शून्य समयमा बोल्दै उनले विगतमा पटक पटक शून्य समयमा उठाएका विषयहरुमाथि सरकारले सम्बोधन नगरेको भन्दै उनले अबको शून्य समयमा नबोल्ने घोषणा गरेका हुन् । उनले शून्य समयमा प्रश्न उठाउने अनि त्यसको कार्यान्वयन नहुने हो भने किन बोल्ने ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘मैले यसअघि धेरैपटक कुराहारु उठाएका छु । तर, यहाँ उठाइएका विषयहरुमा सरकारका तर्फबाट कुनै सुनुवाई हुँदैन, जवाफ आउँदैन भने किन बोल्ने ? सभामुखसमक्ष अर्को बैठकदेखि शून्य समयमा बनोल्ने जानकारी गराउन चाहान्छु ।’
शून्य समयमा २ मिनेट समय लिएर आफूहरुले आवाज उठाउने तर, कतैपनि सुनुवाइ नहुने भएपछि यो निरर्थक भएको उनको भनाई छ ।
प्रतिक्रिया