काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि अर्थ मन्त्रालयले ९ लाख ९५ हजार ९३५ रुपैयाँ निकासा गरेको छ ।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म दिइएको आर्थिक सहायताको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा रकम निकासा भएको जनाएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम रकम निकास गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया