राष्ट्रपति पौडेलले बैशाख १९ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति पौडेलले बैशाख १९ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम संसद्मा पेश गर्ने भएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले बैशाख १९ गते ३ बजे संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

राष्ट्रपति पौडेलले सरकारका तर्फबाट सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।