सहयोगी राम उजेनबाटै पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सहयोगी राम उजेनबाटै पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या


काठमाण्डु – पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगी राम उजेन रायले नै गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका पूर्वराज्यमन्त्री रायको हत्या घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय रायले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हत्याको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूले बताएका छन् ।

प्रहरीसँग आरोपी रायले हत्या गरेको स्वीकारेका पनि अधिकृतहरूले जानकारी दिएका छन् । पूर्वमन्त्रीले गाली गरेपछि आवेशमा हत्या गरेको बताएको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक अधिकृतले जानकारी दिए ।

रतनपुरमा रहेका राज्यमन्त्रीका ३ वटा घरमध्य एउटा घरमा सहयोगी राम उजेन सँगै बस्दै आएका थिए । घरको काम बिगारेको भन्दै गाली गरेपछि बन्चरोले हिर्काएर हत्या गरेको बताएको प्रहरीले जानकारी दिएको छ ।