प्रहरीका लागि स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक

प्रहरीका लागि स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक


सुर्खेत – गृहमन्त्री रमेश लेखकले प्रहरीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर रहेको बताएका छन् ।

सुर्खेतस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण गुमी बेस क्याम्प गुर्भाकोट सुर्खेतको आईतबार अनुगमन गर्दै उनले प्रहरीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर रूपले लागिरहेको बताए ।

विधिको शासन सुनिश्चित गर्नका लागि नेपाल प्रहरीको विशेष भूमिका रहेको उनले बताए । सोमबार हुने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आईतबार दिउँसो सुर्खेत पुगेका उनले गणको अनुगमन गरेका छन् । अनुगमनको क्रममा लेखकले गण छिटो स्थानान्तरणका लागि आफूले गर्नुपर्ने सहयोग गर्ने आश्वासन समेत दिए ।

गृहमन्त्री लेखकसँगै नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवर पनि सुर्खेत पुगेका छन् ।