ओलीलाई राज नेता मान्न सकिँदैनः रमेशजंग रायमाझी

ओलीलाई राज नेता मान्न सकिँदैनः रमेशजंग रायमाझी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको महानायक भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले भ्रष्टाचारको महानायक ओलीलाई राज नेता मान्न नसक्ने बताएका हुन् ।

सांसद रायमाझीले कोरोनाको समयमा समेत ओली सरकारले भ्रष्टाचार गर्न नाछाडेको बताएका हुन् ।

उनले भने, ‘अरबौँ भ्रष्टाचार गर्ने केपी ओली राजनेता होइनन् भ्रष्टाचारका नाइके मात्रै हुन् । उनी माफियासँग मिले, अर्बौंको सरकारी सम्पत्ति व्यापारीलाई सुम्पिए। माफियाहरूसँग सरकारको संलग्नता हुन्छ ?’

सांसद रायमाझीले कोभिड महामारीमा अरबौँ भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गरका छन् । उनले कांग्रेस नेताहरु बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाहरूका कारण आज सदनमा सबैजना कुर्लिन पाएको भन्दै विपक्षी सांसदहरुमाथि कटाक्ष गरेका छन् ।