काठमाण्डु–गृहमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट
काठमाण्डु– गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा बुधबार विहान गृहमन्त्री लेखकसँग राजदूत प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटवार्तामा उनीहरू बिच नेपाल र जर्मनीको आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो । गृहमन्त्री लेखकले जर्मनीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया