गृहमन्त्री लेखकले गरे प्रहरीका पूर्वअधिकारीहरूसँग छलफल

गृहमन्त्री लेखकले गरे प्रहरीका पूर्वअधिकारीहरूसँग छलफल


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका पूर्वअधिकारीहरूसँग छलफल गरेका छन् ।

उनले सोमबार शान्ति सुरक्षाका समग्र विषयमा पूर्वअधिकारीहरूसँग छलफल गरेका छन् ।

छलफलमा प्रहरीका पूर्वआईजीपी रमेश चन्द ठकुरी र कुवेरसिंह राणा, पूर्वएआईजी दिवस लोहनी, उत्तम सुवेदी, विज्ञानराज शर्मा, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, पूर्वडीआइजीहरू रमेश खरेल, हेमन्त मल्ल ठकुरी सहभागी थिए ।