चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् ।

शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताए ।

गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताए । ‘मान्छेले बसाइँसराइँ गर्ने भएकाले कामका कारण मान्छेहरू टाढाटाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाडपर्वले मान्छेलाई नजिक ल्याउँछ । यसको सामाजिकसँगै मानवीय पनि महत्त्व छ,’ गृहमन्त्री लेखकले भने ।

एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरूमा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्त्व रहेको बताए । हाम्रा ऋषिमुनिहरूले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरूको निर्माण गरेका उनले बताए ।