काठमाण्डु – गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल छिट्टै बन्ने बताएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको बताए ।
सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रूपमा संविधान संशोधन गरिने उनले बताए ।
संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले बताए । उनले भने, ‘पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौं, त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ, यसका लागि केही समय लाग्छ ।’
प्रतिक्रिया