मुस्लिमहरूको एक महिने रमजान उपवास सुरु

मुस्लिमहरूको एक महिने रमजान उपवास सुरु


काठमाडाैँ-  मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व बिहीबारदेखि सुरु भएको छ । नेपालसहित संसारभरका मुस्लिम धर्माबलम्वीहरूले एक महिने व्रत सुरु भएकाे हाे ।

व्रतका बेलामा मुस्लिम धर्माबलम्वीहरूले मस्जिदमा भेला भएर कुरान वाचन गर्ने तथा प्राथना गर्ने गर्दछन् । सामान्य तरिकाले भन्दा बढी ध्यान दिएर विषेश प्रार्थना गर्नेहरूले यो महिनाभरी विषेश तरिकाले व्रत तथा प्रार्थना गर्दछन् । यो पर्व र व्रतलाई संसारभरका मुस्लिम धर्माबलम्वीहरूले उच्च महत्वका साथ मनाउने गर्दछन् ।

रमजान अवधिभर उनीहरू सुर्यअस्त नहुदासम्म खाना खाने, पानी पिउने, वैवाहिक कार्यक्रमहरु गर्ने गर्दैनन् । सुर्यअस्त भएपछि भने व्रतालुहरूले खाना र पानी आफुहरुले पनि खाने र आफ्नो परिवार तथा इष्टमित्रहरूलाई वितरण गर्ने गर्दछन् ।

इस्लामिक पात्रो अनुसार रमजान नवौं महिनामा पर्दछ । यस बर्ष साउदी अरब र मध्यपूर्वी देशहरुमा बिहीबारदेखि उपवास सुरु भएको छ ।
बुधबार मात्रै भारतको केन्द्रीय सरकारले रमजानको अवधिभरका लागि भारत नियन्त्रीत काश्मिरमा युद्धविरामको घोषणा गरेको थियो ।

नेपालको राष्ट्रिय जनगणना २०६८ (सन २०११) को तथ्याङ्क अनुसार ११लाख ६४ अजार २५५ मुस्लिम जनसंख्या रहेको देखिन्छ। नेपालका मुस्लिम समुदायको जनसंख्या यो भन्दा पनि अधिक रहेको छ भन्ने अनुमान यो समुदायका ब्यक्तिहरुले राख्दै आएको पनि पाइन्छ। नेपालमा मुस्लिम समुदायका ब्यक्तिहरुको बसोबास र उपस्थिति ७५ वटै जिल्लामा रहेको छ।