गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्धविच्छेद

गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्धविच्छेद


काठमाडौं – चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीले सम्बन्ध विच्छेद गरेका छन् । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो ।

मंगलबार मात्र जिल्ला अदालतमा मुद्धा दर्ता गराएका ढकाल दम्पतीको बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो ।

न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।