गृह मन्त्रालयको प्रवक्तामा सुवेदी

गृह मन्त्रालयको प्रवक्तामा सुवेदी


काठमाडाैँ- गृह मन्त्रालयको प्रवक्ता फेरिएका छन् । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका रामकृष्ण सुवेदीलाई गृह प्रवक्ता नियुक्त गरिएको हो ।

सुवेदीले बुधबारदेखि नै गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् । यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीलाई मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको छ ।