प्रचण्ड सिंगो कम्युनिष्ट पार्टीको अध्यक्ष : एमाले नेतृ रामकुमारी झांक्री

प्रचण्ड सिंगो कम्युनिष्ट पार्टीको अध्यक्ष : एमाले नेतृ रामकुमारी झांक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी केन्द्रिय सदस्य रामकुमारी झाक्रीले एकिकृत पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने दाबी गरेकी छन् । एमालेमा नेता माधव कुमार नेपाल निकट नेतृ भनेर चिनिने झाक्रीले सिंगो कम्युनिष्ट पार्टीको अध्यक्ष प्रचण्ड बन्ने बताएकी छिन् ।

 

एमाले–माओवादी एकतापछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुने विषयमा छलफल चलिरहेका बेला झाक्रीले यस्तो बताएकी हुन् । एमालेमा केपी ओली निकट दोस्रो तहका नेता प्रचण्डलाई अध्यक्ष दिन नहुने पक्षमा उभिएका बेला झाक्रिले भने खुलेर नै प्रचण्ड अध्यक्ष बन्ने बताएकी हुन ।

 

 

झाक्रिले आफ्नो ट्वीटर ह्याण्डलमार्फत यस्तो भनेकी छन् – ‘एमाले अध्यक्षलाई प्रधानमन्त्री बनेर स्थायित्व दिन जनताले अनुमोदन गरिसके, फुट होइन अब छिट्टै पार्टी एकता हुनेछ । र एउटा सिंगो कम्युनिष्ट पार्टीको अध्यक्ष कमरेड पुष्पकमल दाहाल हुनुहुनेछ ।’