काठमाण्डु–वेस्ट इन्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत छ ।
२० वर्षका रामोनले आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट–२०२२ मा वेस्ट इन्डिजका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । रामोनले लुम्बिनीमा सामेल हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् ।
एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया