काठमाण्डु– मधेश प्रदेश सरकारले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय रंगशालाका लागि १ अर्ब रुपैयाँ दिने भएको छ ।
आज मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जय ट्रफी (एलिट कप)को उद्घाटनमा बोल्दै रंगशालाका लागि १ अर्ब रुपैयाँ दिने घोषणा गरेका हुन्।
उनले रंगशालाको केही प्राविधिक समस्याहरू समाधान भइसकेको र केही दिनभित्र डिपिआर तयार हुने जानकारी दिए ।
रंगशाला निर्माण हुने जग्गा गुठी संस्थाको रहेको छ । उक्त जग्गा सम्बन्धी राष्ट्रिय परिषद् र गुठी संस्थाबीच २२ गते समझौता हुने पनि मुख्यमन्त्री सिंहले बताए ।
जनकपुरधाम भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब रुपैयाँ अनुदान पनि रंगशाला निर्माणमै खर्चिने पनि मुख्यमन्त्री सिंहले जानकारी दिए ।
प्रतिक्रिया