कालीगण्डकीमा भीषण बाढी, रानीमहल डुब्ने खतरा

कालीगण्डकीमा भीषण बाढी, रानीमहल डुब्ने खतरा


काठमाण्डु – कालीगण्डकीमा आएको बाढीका कारण पाल्पाको रानीमहल डुबानमा पर्ने जोखिम बढेको छ ।

विगत दुई तिन दिनदेखी आइरहेको लगातारको वर्षाका कारण रानीमहल डुबानमा पर्ने खतरा भएको हो । बाढीका कारण महल छेउछाउका ४ वटा होटल तथा रानीमहलको पार्क डुबानमा परेको छ ।

तानसेन नगरपालिका–१३, बौघागुम्हामा पर्ने रानीमहल पर्यटकीय दृष्टीले महत्वपूर्ण मानिँदै आएको छ ।

वि.स. १९५४ सालमा जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा उक्त महल बनाएका थिए । रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको किनारमा अवस्थित छ ।

यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २ः३० घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ ।

विसं १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए । आफूमाथि थप खतरा उत्पन्न हुने हुने देखेपछि खड्गशमशेर भागेर भारत पुगेका थिए ।