सरकारसँग वार्ता गर्न राप्रपाले बनायो वार्ता समिति

सरकारसँग वार्ता गर्न राप्रपाले बनायो वार्ता समिति


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । हिन्दू राष्ट्रसहित २२ बुँदे माग राखी सडक संघर्षमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न समिति गठन गरेको हो ।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमीलाई सकारात्मक भन्दै आज (साेमबार)  वार्ता समिति गठन गरेको छ ।

पार्टीका वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निञ्रजन थापा छन् । वार्ता भोलि हुने बताइएको छ । गत फागुन ७ गते हिन्दू राष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर राप्रपा आन्दोलनमा उत्रिएको थियो ।