सोल – दक्षिण कोरियाली दुई पपस्टारले एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा उनीहरुमाथि अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ ।
ती महिलासँगको अवैध ‘सेक्स भिडियो’लाई उनीहरुले सार्वजनिक समेत गरेका थिए । सोलको जिल्ला अदालतले जङ जुन योङमाथि ६ वर्षको जेल सजाय र चोइ जङ हुनलाई पाँच वर्षको जेल सजाय तोकेको हो ।
स्थानीय मिडियाका अनुसार दुई सेलिब्रिटीले पूर्व तयारी गरेरै भिडियो समेत खिचेका थिए । साथै भिडियो साथीहरुलाई च्याट मार्फत वितरण गरेका थिए ।
यसअघि मात्रै पप म्युजिसियन र अभिनेत्री गू हारा आफ्नै निवासमा मृत भेटिएकी थिइन् । मिडियाका अनुसार उनी केही समयदेखि आफ्नै पूर्वप्रेमीबाट ‘ब्ल्याकमेलिङ’ खेप्दैआएकी थिइन् ।
प्रतिक्रिया