अब भारतमा बलात्कारीलाई मृत्युदण्ड!

अब भारतमा बलात्कारीलाई मृत्युदण्ड!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा १२ वर्षमुनिका बालिकामाथि हुने बलात्कारमा अदालतबाट दोषि ठहर भएकालाई फाँसी (मृत्युदण्ड) सजाय दिइने सम्बन्धी अध्यादेश पारित भएको छ।

नयाँदिल्लीस्थित केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले ल्याएको अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि लागू हुनेछ। मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेश अब राष्ट्रपतिसमक्ष पठाइनेछ।

बलात्कारका घटना बढिरहँदा दोषीलाई कठोर सजाय हुनुपर्ने भाग भारतभरि उठिरहेका बेला सरकारले दोषी विरुद्ध हदैसम्मको कारबाही गर्नेगरी कानुन संशोधन गरेको बीबीसीले उल्लेख गरेको छ।

आधिकारिक सूत्रका अनुसार, आपराधिक कानुनमा संशोधन सम्बन्धी उक्त अध्यादेश मार्फत भारतीय दण्ड संहिता, साक्ष्य कानुन, आपराधिक प्रक्रिया संहिता र लैंगिक अपराधबाट बालबालिकालाई संरक्षण गर्ने कानुन (पोक्सो एक्ट) मा नयाँ प्रावधान ल्याइनेछ, जसले यी प्रकरणमा दोषी साबित भएमा मृत्युदण्डको सजाय सुनाउन सकिनेछ।