चितवन– चितवनमा आफूलाई घुमुवा प्रहरी बताउने २ युवकले एक महिलाको बलात्कार गरेका छन्।
घुमुवा प्रहरी बनेर राति घरमा आएका ती दुई युवकले महिलालाई झुक्याएर जंगलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार ती युवकहरुले एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै ती महिलाका श्रीमानलाई घरबाट लिएर गएका थिए ।
तर, श्रीमानलाई कुटपिट गरेर बाटोमा नै छोडेर पुनः घरमा गएर श्रीमतीसँग ‘तेरो श्रीमान भाग्यो अब तँ हामीसँग इलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ’ भन्दै ती महिलालाई मोटरसाइकलमा राखेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
त्यसपछि ती युवाहरुले महिलालाई जंगलमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक भट्टले जनाए।
पीडितले उजुरी दिएपछि प्रितम थिङलाई प्रहरीले पक्राउ गरेपनि अर्का युवक फरार रहेको जनाइएको छ।
प्रतिक्रिया