बलात्कार प्रयास गर्ने पुरूषकाे अण्डकोषमा लात्ताले हानिन् महिलाले, घटनास्थलमै मृत्युु

बलात्कार प्रयास गर्ने पुरूषकाे अण्डकोषमा लात्ताले हानिन् महिलाले, घटनास्थलमै मृत्युु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ– प्रत्येक दिन जसो बलात्कारका घटना सार्वजनिक भइरहेका बेला दाङमा फरक घटना सार्वजनिक भएको छ।

तुलसीपुर उप–महानगरपालिकाकी ४० वर्षीया एक महिलालाई स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीले बलात्कारको प्रयास गरेपछि प्रतिरक्षाको क्रममा खत्रीको ज्यान गएको छ।

प्रहरीका अनुसार खत्रीले ती महिलालाई बलात्कारको प्रयास गरेपछि उनले अण्डकोषमा लात्तीले हानेकी थिइन्।

बलात्कारको प्रयास गर्ने खत्रीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।

अहिले ती महिलालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घटना वैशाख ९ गते घटेकोे भए पनि आज मात्रै सार्वजनिक भएको हो ।