१४ वर्षीया बालिकाको सामुहिक बलात्कारपछि जिउँदै जलाइयो

१४ वर्षीया बालिकाको सामुहिक बलात्कारपछि जिउँदै जलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक बालिकालाई सामुहिक बलात्कारपछि हत्याको मामलामा ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार ती ७ जनामाथि १४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ । यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

खबर अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।