बलात्कार गरेर डाक्टरले भने, ‘तिमी धेरै सुन्दर छौ’

बलात्कार गरेर डाक्टरले भने, ‘तिमी धेरै सुन्दर छौ’


काठमाडौं– रूसकोदक्षिण–पश्चिमी इलाकाको शहर समाराका एक डाक्टरको कर्तुत बाहिर आएको छ।

 

एक महिलाको स्तनको शल्यक्रिया गर्ने क्रममा ती डाक्टरले बलात्कार गरे। बलात्कार पश्चात आफ्नो कर्तुतको बचाउ गर्दै ती डाक्टरले भनेका छन्, ‘तिमी सुन्दर छौ।’

 

डेली मेलमा छापिएको खबर अनुसार ३१ वर्षीया पीडित महिलाको स्तनको शल्यक्रिया भइसकेपछि प्लास्टिक सर्जरीका लागि गएकी थिइन्।

 

 

‘प्लास्टिक सर्जरीका लागि म एउटा कोठामा थिएँ। शल्यक्रिया प्रक्रियाका कारण बेहोस हालतमा थिएँ। र, डाक्टरले घटिया हर्कत गरे।’

 

बलात्कारबाट पीडित भएकी ती महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।  ‘डाक्टरले मलाई चकलेटको डिब्बा दिएर भने यो हालतका लागि तिमी आफै
जिम्मेवार छौं। तिमी धेरै नै आकर्षक छौ। सबै दोषको जिम्मेवारी तिमीले नै लिनुपर्छ।

 

 

दुई बच्चाका पिता ती डाक्टरले सुरुमा त आरोपको खण्डन गरे। तर, पछि भने, ‘ महिलालाई सुन्दर देखेर रोक्न सकेँन। ती डाक्टरलाई ६ वर्षको जेल सजाएको सुनाइएको छ।