राप्रपा कार्य सम्पादन समितिको बैठक आज, आन्दोलन र भावी रणनीतिका विषयमा छलफल हुने

राप्रपा कार्य सम्पादन समितिको बैठक आज, आन्दोलन र भावी रणनीतिका विषयमा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ।

बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुनेछ।

त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए।