जगमानले गरे राप्रपाको आन्दोलनलाई समर्थन गर्ने घोषणा

जगमानले गरे राप्रपाको आन्दोलनलाई समर्थन गर्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापनाका लागि चैत्र २६ गते बृहत प्रदर्शन गर्दैछ ।

राप्रपाले अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि उक्त जनआन्दोलन गर्न लागेको हो ।

उक्त प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ ।

समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् ।

विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन् ।