काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी दिएका छन् ।
बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको उनले जिकिर गरे ।
उनले भने ‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ’, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ । सरकार सुध्रेन भने अब बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’
प्रतिक्रिया