काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित रिता माझीले पार्टी परित्याग गरेकी छन् ।
राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी माझीले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएको घोषणा गरेकी हुन् ।
‘भावनाशून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरि निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु’ उनले विज्ञप्तिमा भनेकी छन् ।
प्रतिक्रिया