रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त छाैँ : रास्वपा

रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त छाैँ : रास्वपा


कास्की–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताएा छन् ।

रास्वपा पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उनले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न निजलाई शुक्रबार पक्राउ गरी पाेखरा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।