१० वर्षमै रश्मी पन्त बनिन् प्रभु बैंकको सिनियर म्यानेजर

१० वर्षमै रश्मी पन्त बनिन् प्रभु बैंकको सिनियर म्यानेजर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रभु बैंक लिमिटेडकी चिफ अपरेटिङ अफिसर रश्मी पन्त सिनियर म्यानेजरमा बढुवा भएकी छन् । पन्तले प्रभु बैंकमा २०१५ मा विजेनश प्लानिंग अफिसरका रुपमा सेवा प्रवेश गरेकी थिईन । त्यसपछि उनले कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिंग अफिसरका रुपमा प्रभुमा जिम्मेवारी सम्हालेकी थिईन ।

१० वर्षको बैंकिङग करिअरमा उनी सबैभन्दा छिटो छिटो बढुवा हुने अधिकृतमा पर्छिन । पन्त बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि इसिमोडमा कार्यरत थिईन । सिनियर म्यानेजरमा बढुवा भएकी पन्तको घर सुदुरपश्चिमको कंचनपुर हो । कमर्सियल बैंकमा सिनियर म्यानेजर पद भनेको उच्च तहको पोजिशन हो ।