राष्ट्रपतिविरुद्ध नेविसंघ सड्क आन्दोलनमा

राष्ट्रपतिविरुद्ध नेविसंघ सड्क आन्दोलनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सड्क आन्दोलन सुरु गरेको छ । आइतबार नेविसंघ केन्द्रीय समितिले अध्यादेश पास गर्नको लागि दबाब दिने उद्देश्यका साथ दबाबमूलक ¥याली निकालिएको हो ।

 

 

नेविसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट निस्किएको ¥यालीले शान्तिबाटिकामा पुगेर कोणसभा गर्दे देशलाई बन्धक बनाउन राष्ट्रपति उद्धत रहेको आरोप पनि लगाएको छ ।

 

¥यालीपछि आयोजित कोणसभालाई संबोधन गर्दै महामन्त्री काफ्लेले संविधानले राष्ट्रपतिलाई सेरोमोनियलको हैसियत दिएकोले त्यसैअनुसार काम गर्न आग्रह गरे ।

 

सभालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी साथै विद्यार्थी नेताहरु  राजेश रौनियार, बलदेब तिमल्सिना युवराज पाण्डे, रत्नहरी ढुङ्गेल , डोजाङ शेर्पा , पिपिन अधिकारी, तुलसी आचार्यलयायतले सम्बोधन गरेका थिए । राष्टपतिको हस्तक्षेपकारी काम अझै नसच्चिए नेविसंघले अझ सशक्त आन्दोलन गर्दै जाने केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।