राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान सुरु,४ बजे नै मतगणना सुरु हुने

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान सुरु,४ बजे नै मतगणना सुरु हुने


काठमाडौं – राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगकाअनुसार बुधबार बिहान १० बजेदेखिे ६ वटा प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

दुई नम्बर प्रदेशमा भने ८ वटै सदस्य निर्विरोध निर्वाचित भएका थिए । राष्ट्रिय सभामा झण्डै आधाजस्तो सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।

हाल ३२ सदस्यका लागी ५२ जना चुनावी मैदानमा छन् । निर्वाचन आयोगले २४ जना निर्विरोध निर्वाचित भइसकेको जनाएको छ । मतदान प्रक्रिया दिउसो ३ बजेसम्म जारी रहने र आजै मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।

निर्वाचनमा प्रदेशका स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले भोटिङ गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १ को मोरङको विराटनगरस्थित वीरेन्द्रसभा गृहमा, प्रदेश नम्बर ३ को ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश नम्बर ४ को पोखरास्थित लोकसेवा आयोगको पश्चिाञ्चल क्षेत्रीय निर्देशनालय भवन केन्द्रमा मतदान भइरहेको छ ।

यसैगरी, प्रदेश नम्बर ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेतको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मा रहेको पदम पब्लिक मुक्तिनारायण मावि भवन मतदान केद्रमा मतदान भइरहेको छ ।