काठमाण्डु–नेपाल राष्ट्र बैंकले यसपाली दशैंमा नयाँ नोट नसाट्ने भएको छ ।
खर्चको व्यवस्थापनको समस्या देखाउँदै बैंकले पुरानो सुकिला नोट सटही गर्ने तर नयाँ नोट नदिने भएको हो ।
दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का नोट सटही हुने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले बताए ।
यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।
तयस्तै बैंकले अवको १ वर्षभित्र नेपालको चुच्चे नक्सासहितको नयाँ नोट बजारमा ल्याउने भएको छ।
लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा राखेर नोट छपाइको प्रक्रिया अगाडि बढाइसकिएको सहायक प्रवक्ता पोखरेलले बताए ।
नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।
प्रतिक्रिया