पाकिस्तानका लागि नेपाली राजदूतमा धिताल नियुक्त

पाकिस्तानका लागि नेपाली राजदूतमा धिताल नियुक्त


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालको आवासीय राजदूतमा रीता धिताललाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले प्रेस विज्ञप्ति जारी गर्दै धिताललाई नियुक्त गरिएको जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई राजदूत नियुक्त गरेका विज्ञप्तिमा उल्लेख छ ।