काठमाण्डु– महान्यायाधिवक्ता कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०– ०८१ को प्रतिवेदन पेस गरेको छ ।
आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरू अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवम् मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए ।
प्रतिक्रिया