काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले ४ जनालाई आवासीय र १ जनालाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।
पौडेलले आइतबार जर्मनीका लागि डा. शैल रुपाखेती , रुसका लागि जङ्गबहादुर चौहान, ब्रिटेनका लागि चन्द्रकुमार घिमिरे र साउदी अरबका लागि डा. नरेशविक्रम ढकाललाई नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
यस्तै धन बहादुर वली क्याम्बोडिया र सिंगापुरका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त भएका छन् ।
प्रतिक्रिया