राष्ट्रिय युवा संसद घोषणा

राष्ट्रिय युवा संसद घोषणा


काठमाण्डु– ग्लोवल युथ पार्लामेण्टले “राष्ट्रिय युवा संसद” अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका तमाम युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो ।

आज राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्व प्रधानन्यायधिश शुशिला कार्कीको प्रमुख आतिथ्यतामा उक्त अभियानको घोषणा गरिएको हो । यस अभियानको मिसन युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउनु रहेको छ ।

सामाजिक विकास र राष्ट्र निर्माणमा प्रतिबद्ध, सूचित, जिम्मेवार र सक्रिय नागरिकको पुस्तालाई प्रवद्र्धन गर्नु यसको ध्येय हो । युवालाई एकै ठाउँमा गोलबद्व गर्नका लागि दुई बर्षसम्म तयारीका रुपमा चल्ने यस अभियानले युवाको सशक्तीकरण, नेतृत्व विकास, र उनीहरुको राजनीतिक तथा सामाजिक जागरुकतामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमले नेपालका १६५ निर्वाचन क्षेत्रबाट १/१ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट २ वर्षका लागि चयन गर्नेछ । यस प्रक्रिया अन्तर्गत आगामी २०८२ साल बैशाख १ गते १६५ निर्वाचित गरी राष्ट्रिय युवा सांसदको घोषणा गरिनेछ ।

कार्यक्रममा पूर्व प्रधानन्यायधिश शुशिला कार्कीले देशमा मनपरी तन्त्र भएको र खुलेआम व्यापक भष्ट्रचार मौलाएको बताईन । उनले भनिन् “नमर्दासम्म पद नछाड्ने, पदसहित नै आर्यघाट पुग्ने प्रवृत्ति लोकतन्त्र होरुरु अब युवाले नेतृत्व लिनुपर्दछ । तर सबै युवालाई प्रलोभन बाढ्न आउछन्, होशियार रहनुहोला” ।

महानायक राजेश हमालले युवाले आफूमा भएको उर्जालाई कसरी प्रयोग गर्ने भन्नेमा सदैव सचेत हुनुपर्ने र आफ्नो धरातलीय यथार्थका बारेमा पनि जानकार हुनुका साथै आफ्नो धरातलबाट कसरी माथी उढ्ने भन्नेमा सोच्नुपर्ने उनले बताए । ‘युवाले आफ्नो वास्तविकता के होरु चुनौती के हो ? कस्तो किसिमको दलदलमा हामी फसेका छौं ? भन्ने मनन नगर्ने हो तपाईहरु कसरी दलदलबाट उम्कनुहुन्छ ?, त्यसैले युवा पुस्ता सचेत बन्दै देशलाई हाक्ने सामथ्र्य राख्नुपर्छ ’, हमालले भने ।

बरिष्ठ पत्रकार एवं साहित्यकार डा. नवराज लम्सालले मुलुकका धेरै मान्छेहरु विभिन्न खाले अन्यौलमा देखिएको बताए । प्रत्येक मान्छे कसरी सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने भनेर मात्र सोचेको हुन्छ, तर सांसद मन्त्री र प्रधानमन्त्री भएपछि के गर्ने ? भनेर कसैले सोच्दैन्, त्यसैले आजका युवामा भिजन हुनु आवश्यक रहेको उनले बताए ।

 यस्तै बैकर्स मनोज ज्ञवालीले पुराना नेताहरुले धेरै संघर्ष गरेर नेपाललाई यहाँसम्म पुर्‍याउनुमा उनीहरुको महत्वपूर्ण योगदान भएतापनि अब युवा पुस्ताले देशलाई हाक्नुपर्ने बेला आएको भन्दैं युवाहरु तात्नुपर्ने बेला आएको बताए । राजनीतिक अस्थीरता र देशमा धेरै दल हुँदा पनि देशको विकासको गति लिन सम्भव नभएको ज्ञवालीले बताए । पत्रकार टिकाराम यात्रीले यस्तो बिषम परिस्थितिमा पनि मुलुक परिवर्तनका महान अभियान संचालन हुनु देशका लागि सकारात्मक सन्देश रहेको बताए ।

मुलुकले २००७ सालको क्रान्ति यता अनेकन पटक राजनीतिक आन्दोलनको आरोह अवरोह ब्यहोरेपनि असल नागरिकलाई आर्थिक रुपमा सम्पन्न गराउने काम त्यस यताको सात दशकमा चित्तबुझ्दो ढंगले हुन सक्दा युवाहरुमा निरासा पलायो । जसले गर्दा मुलुक आर्थिक संकटले जर्जर बन्यो, उत्पादनका मार्गहरु बढ्नुको साटो भएका उद्योगधन्दा बन्द भए, निराशाको भट्टीमा जलेका युवा पाखुरी खाडीका मुलुकहरुमा श्रम बेच्न बाध्य भए भने बिचार बोक्नसक्ने युवाहरु उच्च शिक्षाका नाममा युरोप, अमेरिका, अस्ट्रेलियातिर “ब्रेन ड्रेन” का रुपमा भासिन विवश भएकोले अनेकन व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था उल्ट्याउन अब बल भएका पाखुरी र विचार भएका दिमागी युवा एक ठाउँमा जोडिनुको बिकल्प नभएको भन्दै अभियानको घोषणा गरिएको ग्लोवल युथ पार्लामेण्टका अध्यक्ष दिवाकर अर्यालले बताए ।

सिंहदरबार, बालुवाटार सहितका शक्ति अखडाहरु तिनै वर्गको योजनामा भरिन थाल्यो संसारकै गरीब जनताले तिरेको संसारकै मंहगो करबाट दलतन्त्रका आसेपासे र बिचौलिया वर्ग पोषिँदा विकास निर्माण बजेट सकाउने मेलोमा अडकिएले यसको खबरादीका लागि यो अभियान महत्वपूर्ण हुने अभियानका अभियान्ता निगम हुमागाई बताउँछन् । राष्ट्रिय युवा संसदले नयाँ पुस्ताका युवा नेताहरूलाई सकारात्मक दबाब सिर्जना गर्न र सशक्तीकरणको लागि सहयोग पुर्‍याउनेछ ।

अभियानले युवाको सक्रिय सहभागितालाई राष्ट्रिय नीति निर्माणमा जोड दिने र देशभरिका युवालाई एकै ठाउँमा ल्याएर उनीहरुको आवाजलाई राजनीतिक र सामाजिक निर्णय प्रक्रियामा समावेश गराउनु रहेको अभियानका अभियान्ता सरोज बानियाँले जानकारी दिए ।

कार्यक्रममा अभियान्ता एवं नागरिक समूहका संस्थापक अध्यक्ष समेत रहेका निगम हुमागाई, युवा अभियान्ताहरु केपी खनाल, टासी ल्याम्जो, सरोज बानियाँ, चिकित्सक डा.निकोलश भुषाल, बरिष्ठ अधिबक्ता रमण कर्ण, सन्तोष गिरी, मुस्कान खातुन, युवा उद्यमी श्रेया गिरी, चिकित्सक डा. राम्जी राम लगायतका युवाहरुले राष्ट्रिय युवा संसद घोषणाले देश तथा विदेशमा रहेका युवाहरुलाई एकठाउँमा जोडेर देश र देशब्यापीका लागि केहि नयाँ गर्ने प्रतिबद्वता जनाए । सन् २०१२ सालमा स्थापना गरिएको ग्लोवल युथ पार्लियामेन्टले विश्वभरमा ८६ देशका युवालाई जोडेर कार्यक्रम गरिसकेको छ ।