कुलमानलाई हटाएको विरोधमा राष्ट्रियसभाको बैठक पनि अवरोध

कुलमानलाई हटाएको विरोधमा राष्ट्रियसभाको बैठक पनि अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको बिरोधमा विपक्षी दलले राष्ट्रियसभाको बैठक पनि अवरोध गरेका छन्।

बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले उठेर विरोध जनाएका हुन्। सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक बस्न आग्रह गरे पनि संसदहरुले टेरेनन् । अध्यक्ष दाहालले १५ मिनेटलाई बैठक स्थगित गरिने बताए ।

प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा आएर कुलमानलाई हटाएको विषयमा स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने सांसदहरूको माग रहेको छ ।

कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेका थिए। विपक्षी दलको अवरोधले ३० मिनेटका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन।