राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित


काठमाडौँ – राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५-७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले दिएको जवाफप्रति स्पष्टीकरण माग गरेका थिए ।

नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे र राजपाका लालले पेश गरेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । त्यसैगरी गरी अर्का संशोधनकर्ता प्रमिला कुमारीले भने आफ्नो प्रस्ताव फिर्ता लिइन् ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०७४ पेश गरे । राष्ट्रियसभाको अर्काे बैठक यही जेठ १५ गते साँझ ६ः४५ बजे बस्नेछ ।