बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले युवालाई झुक्याएको भन्दै दाङका ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् ।
सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै रास्वपाका युवाहरूले पार्टी परित्याग गरेका छन् ।
दाङको २ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति छामिछानेले युवालाई झुक्याएको आरोप लगाए । उनले रास्वपामा पुराना पार्टी जस्तै नातावाद र कृपावाद हाबी भएको आरोप लगाए ।
सभापति नै विभिन्न आरोपमा मुछिएपछि नैतिकताले पनि रास्वपामा बस्न मन नलागेको बताए । देश विकास गर्नका लागि पार्टी नचाहिने भन्दै सबै युवाहरू स्वतन्त्र भएर बस्न उनले आग्रह गरेका छन् ।
पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङको ३ नम्बर क्षेत्रका सभापति मेघराज केसी लगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी परित्याग गरेका छन् ।
प्रतिक्रिया