दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइदियो : रास्वपा

दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइदियो : रास्वपा


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले दुई दिनको पानीले दुईतिहाइको औकात देखाइदिएको टिप्पणी गरेका हुन् ।

आजको बैठकले सरकार, सिंगै राज्य सहकारी र रवि लामिछानेमाथि केन्द्रित हुँदा प्राकृतिक प्रकोपको सामना गर्न नसकेको निस्कर्ष निकालेको छ ।

झाले पत्रकारहरुसँग भने, ‘सहकारीको विषयमा हामीले पटक(पटक धेरै चर्चा गरिसक्यौं । देश र राजनीति योभन्दा अघि बढे हुन्थ्यो भन्ने हाम्रो धारणा हो । सबै यसैमा अड्किँदाखेरिको मूल्य के हुन्छ भन्ने हामीले देख्यौं । सरकार, गठबन्धन, गठबन्धन आवद्ध दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति यही तीन खम्वामा अड्किएको थियो( रास्वपा, रवि र सहकारी । योबाहेक अरु कसैले केही सोचिराखेको थिएन । प्राकृतिक विपत्तिका लागि कोही तयारै थिएन । त्यसैको परिणामस्वरूप प्राकृतिक विपत्तिको सामना गर्नमा सरकारी संयन्त्र चुक्यो ।’

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले नै सरकारको कमजोरी स्वीकारेको उनले बताए ।