रास्वपाले आज बालुवाटारमा बृहत् प्रदर्शन गर्दै

रास्वपाले आज बालुवाटारमा बृहत् प्रदर्शन गर्दै


काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको गिरफ्तारी राजनीतिक प्रतिशोध भन्दै सोमबार बालुवाटारमा बृहत् प्रदर्शन गर्दैछ ।

‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्ने नारासहित रास्वपाले सभापति लामिछाने पक्राउविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।

रास्वपाले आइतबार माइतीघरदेखि बानेश्वरसम्म नाराबाजी, प्लेकार्डसहित ¥याली निकालेको थियो । सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई कास्की लगेपछि रास्वपाका नेता–कार्यकर्ताले पोखरामा प्रदर्शन थालेका थिए । प्रदर्शनकै क्रममा लामिछानेलाई बिहीबार दोस्रोपटक सात दिनका लागि म्याद थपिएपछि रास्वपाले शुक्रबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ ।

कार्यवाहक प्रवक्ता मनप्ष झाले दुईतिहाइ सरकारको प्रतिशोधविरुद्ध आन्दोलन जारी रहेको बताए । उनका अनुसार राजनीति प्रतिशोध र अधिनायकवादविरुद्ध मंगलबार बालुवाटारको नेपाल हाउसमा भेला भएर बृहत् प्रदर्शन हुँदै छ